यी हुन् अन्तिम परिणाम सार्वजनिक भएका बारहरू


काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा केही बारको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा झापा, धनकुटा, उदयपुर रहेका छन्। झापा जिल्ला बारको अन्तिम परिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रलाई ९६ र रमणकुमार श्रेष्ठलाई ३६ मत आएको छ। विराटनगर उच्च अदालत बारको अन्तिम नतिजा सार्वजनिक हुँदा विजयको ५७ र रमणको ६२ मत आएको हो।

त्यस्तै धनकुटाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा विजयको २७ र रमणको २८ मत आएको छ। उदयपुर अन्तिम मत परिणाम सार्वजनिक हुँदा विजयको २४ र रमणको २७ मत आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ