नेपाल बार निर्वाचन: विजय ७०७, रमण ४३४, केदार ७१२, यज्ञमणि ३७५


काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। निर्वाचनको प्रारम्भिक मतपरिणाम भटाभट सार्वजनिक हुन थालेका छ। नेपाल बार एसोसिएसनमा भइरहेको मतगणनामा अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। विजयले ७०७ मत पाउँदा रमणले ४३४ मत ल्याएका छन्। त्यस्तै महासचिवमा केदार कोइरालाले ७१२ मत ल्याउँदा यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन्।

कोषध्यक्षमा जगतबहादुर कार्कीले ७३८ मत पाउँदा दिपक राईले ३४४ मत ल्याएका छन्। बागमती उपाध्यक्ष तेजबहादुर रावलले ७४६ मत पाउँदा डेकेन्द्रप्रसाद सुवेदीले ३७४ मत ल्याएका छन्।

 

यस्तो छ पछिल्लो मत परिणाम

विजयप्रसाद मिश्र

विराटनगर उच्च बार: ५७

इलाम उच्च बार: ३७

मोरङ जिल्ला बार: १५९

झापा जिल्ला बार: ९६

सुनसरी जिल्ला बार:१२८

धनकुटा जिल्ला बार:२७

राजविराज बार: ९६

सिरहा जिल्ला बार: ३१

सिर्लाही जिल्ला बार: २३

रौतहट जिल्ला बार: २७

बारा जिल्ला बार:१४

रमणकुमार श्रेष्ठ

विराटनगर उच्च बार: ५७

इलाम उच्च बार: २३

मोरङ जिल्ला बार:५३

झापा जिल्ला बार:३६

धनकुटा जिल्ला बार:२८

सुनसरी जिल्ला बार: ६७

राजविराज बार:७२

सिरहा जिल्ला बार: १८

सिर्लाही जिल्ला बार: ८

रौतहट जिल्ला बार: २०

बारा जिल्ला बार:२०

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ