मंगलबार काठमाडौंका ३ ठाउँमा प्रदर्शन

काठमाडौं। मंगलबार एकैदिन काठमाडौंका ३ ठाउँमा जनप्रदर्शन हुने भएको छ। राजावादी शक्ति र राप्रपा, शिक्षक र सहकारी तथा लघुवित्त पीडित गरेर ३ ठाउँमा प्रदर्शन तथा सभा हुने छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार राप्रपाको जनप्रदर्शन/सभा कार्यक्रम बल्खुमा रहेको छ। शिक्षकहरूको प्रदर्शन/कार्यक्रम माईतीघर मण्डलामा हुनेछ। यस्तै सहकारी/ लघुवित्त पीडितहरूको प्रदर्शन शंखधर पार्कदेखि राष्ट्रपति भवन महाराजगंजमा हुनेछ। यी ठाउँमा ट्रापिक व्यवस्था अस्तव्यस्त हुने देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस