नेपाल बार एसोसिएसन निर्वाचन

अपडेट: विजय ९३३, रमण ५५६, केदार ९२७, यज्ञमणि ४८७


काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। अहिले पर्सा, हेटौंडा, बागलुङ, तनहुँ र स्याङ्जा बारको मतपरिणाम सार्वजनिक भएको छ।
यी बारको अन्तिम नतिजा सार्वजनिक हुँदा अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्रले ९३३ मत पाएका छन्। त्यस्तै निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले ५५६ मत पाएका हुन्। विजय रमणबीच ३७७ मतान्तर देखिन्छ।
त्यस्तै महासचिवमा विजय कै टिमका केदार कोइरालाले ९२७ मत ल्याउँदा यज्ञमणि न्यौपानेले ४८७ मत पाएका छन्। कोषध्यक्षमा जगतबहादुर कार्कीले ९७६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी  दिपक राईले ४२५ मत ल्याएका छन्। बागमती उपाध्यक्ष तेजबहादुर रावलले ९८६ मत पाउँदा डेकेन्द्रप्रसाद सुवेदीले ४७० मत ल्याएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ९२५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी दिना श्रेष्ठले ५०२ मत प्राप्त गरेकी छिन्।

यस्तो छ पछिल्लो मत परिणाम

विजयप्रसाद मिश्र

विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार: १५९
झापा जिल्ला बार: ९६
सुनसरी जिल्ला बार:१२८
धनकुटा जिल्ला बार:२७
राजविराज बार: ९६
सिरहा जिल्ला बार: ३१
सिर्लाही जिल्ला बार: २३
रौतहट जिल्ला बार: २७
बारा जिल्ला बार:१४
पर्सा बार:६६

हेटौंडा बार:४१

बागलुङ बार:५५

तनहुँ बार: ३६

स्याङजा: २८

रमणकुमार श्रेष्ठ
विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:५३
झापा जिल्ला बार:३६
धनकुटा जिल्ला बार:२८
सुनसरी जिल्ला बार: ६७
राजविराज बार:७२
सिरहा जिल्ला बार: १८
सिर्लाही जिल्ला बार: ८
रौतहट जिल्ला बार: २०
पर्सा बार:४४
हेटौंडा बार:२६
बागलुङ बार:२५

तनहुँ:२१

स्याङ्जा: ६

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ