नेपाल बार निर्वाचन: रमणभन्दा विजय दोब्बर मतले अगाडि, यज्ञमणिलाई केदारले डब्बलले टपे  


काठमाडौं। नेपाल बारको पछिल्लो मतपरिणाम अनुसार विजयप्रसाद मिश्र रमणकुमार श्रेष्ठभन्दा झन्डै दोब्बर मतले अगाडि देखिएका छन्। जनकपुर, रुपन्देही, बुटवल, कपिलवस्तु, पाल्पा र नवलपरासीको मत परिणाम जोड्दा रमणभन्दा विजय झन्डै दोब्बर मतले अगाडि देखिएका छन्।

अध्यक्षमा विजयले १२९५ मत ल्याउदा रमणले ६८२ मत प्राप्त गरेका छन्।महासचिवमा केदारप्रसाद कोइरालाले १२८६ मत पाउँदा यज्ञमणि न्यौपानेले ५९५ मत पाएका छन्। महासचिवमा दोब्बर बढीको मतान्तर रहेको छ।

कोषाध्यक्षमा जगतबहादुर कार्कीले १३३८ मत पाउँदा दिपक राईले ५२१ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले १३५४ मत ल्याउँदा डेकेन्द्र सुवेदी ५७९ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले १२६८ मत ल्याउँदा दिना श्रेष्ठले ६२८ मत प्राप्त गरेकी छिन्।

यस्तो छ पछिल्लो मत परिणाम

विजयप्रसाद मिश्र

विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: ३७
मोरङ जिल्ला बार: १५९
झापा जिल्ला बार: ९६
सुनसरी जिल्ला बार:१२८
धनकुटा जिल्ला बार:२७
राजविराज बार: ९६
सिरहा जिल्ला बार: ३१
सिर्लाही जिल्ला बार: २३
रौतहट जिल्ला बार: २७
बारा जिल्ला बार:१४
पर्सा बार:६६
हेटौंडा बार:४१
बागलुङ बार:५५
जनकपुर बार:९८
रुपन्देही बार:८४
पाल्पा बार:४९
नवलपरासी बार: २६
बुटवल उच्च बार:७४
कपिलवस्तु:३१
तनहुँ बार: ३६
स्याङजा: २८

रमणकुमार श्रेष्ठ

विराटनगर उच्च बार: ५७
इलाम उच्च बार: २३
मोरङ जिल्ला बार:५३
झापा जिल्ला बार:३६
धनकुटा जिल्ला बार:२८
सुनसरी जिल्ला बार: ६७
राजविराज बार:७२
सिरहा जिल्ला बार: १८
सिर्लाही जिल्ला बार: ८
रौतहट जिल्ला बार: २०
पर्सा बार:४४
हेटौंडा बार:२६
बागलुङ बार:२५
जनकपुर बार: ४०
रुपन्देही बार:१८
पाल्पा बार:१३
नवलपरासी बार:१३
कपिलवस्तु बार:
बुटवल उच्च बार:३१

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ