फोहोर उठाएबापत बालेनले दिए राप्रपालाई धन्यवाद!

काठमाडौं। बल्खुमा कार्यक्रम गर्दाको फोहोर उठाएबापत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राप्रपालाई धन्यवाद दिएका छन्। यसअघि राजावादीले तीनकुनेमा गरेको कार्यक्रममा जरिवाना गराएका बालेनले राप्रपालाई धन्यवाद दिएका हुन्।
सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहना रहेको बालेनको भनाइ छ।
‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।’, बालेनले लेखेका छन्। राप्रपाले मंगलबार गरेकोको कार्यक्रममा आफै सरसफाइ गरेकोले बालेनले राप्रपालाई धेरै धेरै धन्यवाद दिएका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस