नेपाल बार निर्वाचन: विजय ३३८९, रमण १५४१, केदार ३२५४, यज्ञमणि १३९९

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा उपत्यकाबाहिरका बारको मतगणना सम्पन्न भएको छ। सर्वोच्च अदालत बार एशोसिएसनको मतगणना पनि सम्पन्न भएको छ। केन्द्र परिवर्तनको समेत मतपरिणाम सार्वजनिक भएको हो। अहिले काठमाडौं जिल्ला बारको मतगणना जारी छ। उच्च अदालत पाटनको समेत मतगणनासुरु भएको हो।
काठमाडौं जिल्ला बारमा प्रवेश गरेपछि अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ३३८९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले १५४१ मत ल्याएर विजयलाई पछ्याइरहेका छन्। विजय र रमणबीच १८४८ मतान्तर रहेको छ।
महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले ३२५४ मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले १३९९ मत ल्याएका हुन्। महासचिवमा १८५५ मतान्तर रहेको छ।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले ३४६७ मत पाउँदा दिपक राईले १०७७ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले ३४६४ मत ल्याउँदा डेकेन्द्र सुवेदी १३३८ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ३११६ मत ल्याउँदा दिना श्रेष्ठले १६३३ मत प्राप्त गरेकी छिन्।
यस्तो छ पछिल्लो मतपरिणाम
तपाईको प्रतिक्रिया दिनुहोस