ललितपुरका दुई बारको मत गन्न बाँकी हुँदा विजय २२८७ मतले अगाडि, महाचिवमा यज्ञमणि २१६८ मतले पछाडि

काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। विजयले ३९६४ मत ल्याउँदा रमण १६७७ मतले पछाडि परेका छन्। रमणले ल्याएको मतभन्दा विजयसँगको मतान्तर बढी देखिन्छ। डेमोक्र्याटहरूको गण मानिएको काठमाडौं जिल्ला अदालत बारबाट मात्रै विजयले १०८२ मत प्राप्त गरेका छन्। रमण भने काठमाडौं जिल्ला बारमा २५२ मतमा सीमित भएका हुन्। अब ललितपुर जिल्ला अदालत बार र पाटन उच्च अदालत बारको मात्र मतगणना बाँकी छ। पाटनको सुरू भइसकेको छ।
विजय प्यानलमा महासचिवका उम्मेदवार केदारप्रसाद कोइराला ३७३९ मत ल्याएका छन्। रमणका महासचिव यज्ञमणि न्यौपानेले १५७१ मत पाएका हुन्।
बागमती प्रदेशका उपाध्यक्ष तेजबहादुर रावलले ३९९० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डेकेन्दप्रसाद सुवेदीले १५०२ मत पाएका छन्। कोषाध्यक्षमा जगतबहादुर कार्कीले ४०११ मत पाउँदा दिपक राईले ११६९ मत ल्याएका छन्। कोषाध्यक्षमा मतान्तर बढी देखिन्छ।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ३५३७ मत पाउँदा दिना श्रेष्ठले १८५५ मत ल्याउन सफल भएकी छिन्।
यस्तो छ बारको पछिल्लो मतपरिणाम
तपाईको प्रतिक्रिया दिनुहोस