नेपाल बार निर्वाचन: विजय ४२७२, रमण १८४३, केदार ४०६०, यज्ञमणि १७०५

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा उच्च अदालत पाटन बारको समेत ५ सय मत गनिसकिएको छ। सर्वोच्च अदालत बार एशोसिएसन, काठमा काठमाडौं जिल्ला अदालत बार, केन्द्र परिवर्तन हुँदै उच्च बारसम्म पुग्दा अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४२७२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले १८४३ मत ल्याएर विजयलाई पछ्याइरहेका छन्। विजय र रमणबीच २४२९ मतान्तर रहेको छ।
महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले ४०६० मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले १७०५ मत ल्याएका हुन्। महासचिवमा २३५५ मतान्तर रहेको छ।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले ४३१५ मत पाउँदा दिपक राईले १३०६ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले ४२६१ मत ल्याउँदा डेकेन्द्र सुवेदी १६९० मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ३८२५ मत ल्याउँदा दिना श्रेष्ठले २०५३ मत प्राप्त गरेकी छिन्।
तपाईको प्रतिक्रिया दिनुहोस