नेपाल बार एसोसिएसनको अध्यक्षमा विजय मिश्र विजयी!

काठमाडौं। नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ। करिब १५ सय मत गन्न बाँकी रहँदा अध्यक्षका उम्मेदवार विजयको निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठसँग २४२९ को मतान्तर रहेकाले उनलाई औपचारिक रूपमा विजयी घोषणा गर्न मात्र बाँकी छ।
उच्च अदालत बार पाटनमा १५५८ मत खसेकोमा ५ सयको नतिजा सार्वजनिक भइसकेको छ। बाँकी हजार मतको समेत गणना भइरहेको छ। त्यस्तै जिल्ला अदालत बार एशोसिएसन ललितपुरमा ५६० मत खसेको छ। यो हिसाबले विजयलाई विजयी घोषणा गर्न मात्र बाँकी छ भन्दा फरक पर्दैन। त्यस्तै महासचिवमा विजयको प्यानल कै केदारप्रसाद कोइराला, कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी घोषणा हुन बाँकी छ। गन्न बाँकी मतभन्दा मतान्तर बढी भएकाले विजयको प्यानल नै भारी मतले विजयी हुने दिशामा अघि बढेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस