नेपाल बार निर्वाचन: विजय ४८९२, रमण २२२९, केदार ४७०४, यज्ञमणि २०२९

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनमा उच्च अदालत पाटन बारको समेत मत गनिसकिएको छ। सर्वोच्च अदालत बार एशोसिएसन, काठमाडौं जिल्ला अदालत बार, केन्द्र परिवर्तन हुँदै उच्च बारसम्म पुग्दा अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४८९२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रमणकुमार श्रेष्ठले २२२९ मत ल्याएर विजयलाई पछ्याइरहेका छन्। विजय र रमणबीच २६६३ मतान्तर रहेको छ।
महासचिवमा विजय प्यानल कै केदारप्रसाद कोइरालाले ४७०४ मत पाएका छन्। रमण प्यानलका महासचिव यज्ञमणि न्यौपानेले २०२९ मत ल्याएका हुन्। महासचिवमा २६७५ मतान्तर रहेको छ।

कोषाध्यक्षमा जगतबहादुर कार्कीले ४९४० मत पाउँदा दिपक राईले १५८१ मत ल्याएका छन्। बागमती उपाध्यक्षमा तेजबहादुर रावलले ४८५२ मत ल्याउँदा डेकेन्द्र सुवेदी २०८१ मत पाएका छन्। महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले ४४६० मत ल्याउँदा दिना श्रेष्ठले २३९४ मत प्राप्त गरेकी छिन्।
अब ललितपुर जिल्ला बारको ५६० मत मात्र गर्न बाँकी छ।
तपाईको प्रतिक्रिया दिनुहोस