अनुसन्धान परिषद बहुपक्षीय समन्वयबाट अगाडि बढ्नु पर्छ : सचिव


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ११ शिखर सम्मेलनकाे आयोजना गर्दैछ । सम्मेलनकाे पुर्ण सफलताको शुभकामना !

परिषद् एउटा स्वतन्त्र निकाय हाे । याे स्वास्थ्य मन्त्रालयकाे अंग हैन । परिषद्ले अब आफ्नाे दायरा फराकिलो बनाएर लैजानु पर्छ । स्वास्थ्य भन्दा बाहिर यसको ठुुलाे स्काेप छ ।

परिषद्ले चिकित्सा शिक्षा आयोगसँग जनशक्तिको व्यवस्थापन, अर्थ मन्त्रालयसँग आवश्यक बजेट तर्जुमा, प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्नु पर्नेछ ।

अनुसन्धान परिषद्ले बहुपक्षीय समन्वय गरेर अगाडि बढ्नु पर्ने छ । घाेषणापत्र जारी गरेपछि त्यसकाे नियमित फलाेअप जरुरी छ । विगतका घाेषणापत्र के कति कार्यान्वयन भए त्याे पनि हेर्न आवश्यक छ । नभएको अवस्थामा चरणबद्ध छलफलको आवश्यकता छ ।

परिषद्काे सम्मेलनबाट आएका महत्त्वपूर्ण सुझावलाई कार्यान्वयनमा लैजान मन्त्रााल तयार छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग तथ्याङ्क र प्रमाणहरू हुने भएकाले उसको सहयोग सरकारलाई जरुरी पर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ