यी हुन् ५ हजार क्लबमा पर्ने बारका पदाधिकारीहरू


काठमाडौं। नेपाल बार एसोसिएसनको अध्यक्ष विजयप्रसाद मिश्रसहित उपाध्यक्ष र कोषाध्यक्ष ५ हजार क्लबमा परेका छन्। महासचिव केदारप्रसाद कोइराला भने ५ हजार क्लबमा प्रवेश गर्न सकेनन्। महासचिव कोइरालालाई ५ हजार क्लबमा प्रवेश गर्न १२६ मत अपुग भएको हो।

बृहत्त लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएका छन्। कोशी उपाध्यक्ष पदमप्रसाद लिम्बुले ५२००, मधेश उपाध्यक्ष अजय शंकर झाले ७५५५, बागमती उपाध्यक्ष तेजबहादुर रावलले ५००६, गण्डकी उपाध्यक्ष भूपेन्द्र खनालले ५०५६, लुम्बिनी उपाध्यक्ष कृष्णप्रसाद पोखरेल ५१६७, कर्णाली उपाध्यक्ष विवसकुमार बस्नेत ५०४४, सुदूरपश्चिम उपाध्यक्ष सिद्धराज ओझा ५१५१ मत ल्याएका हुन्। त्यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की ५०८७ मत ल्याएर ५ हजार क्लबमा पर्न सफल भएका छन्। पदाधिकारीमा महिला उपाध्यक्ष सरस्वती श्रेष्ठ पनि ५ हजार क्लबमा आउन सकिनन्।

सदस्यमा रिंकुकुमारी यादव ५२३०, राजकुमार श्रेष्ठ ५०७२, इन्दिरा आचार्य ५२५१, किरण पौडेल ५१४८, किरण न्यौपाने ५१७८, शारदा गुरूङ ५१७६, दमनबहादुर चन्द ५०८६ र डा. मुकुन्द अधिकारी ५०४५ ल्याएर ५ हजार क्लबमा पर्न सफल भएका हुन्। २५ सदस्यीय बारमा २५ वटै सिट मिश्र प्यानल कै पोल्टामा परेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ