राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय र एनएचआरसीको भेटघाट बाक्लिनु पर्योः डा बिच्छा


काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर आरपी बिच्छाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को शिखर सम्मेलनबाट तयार पारिएका घोषणापत्रको  कार्यान्वयनलाई सघाउने बताएका छन् । यस अगाडि १० पटक घोषणापत्र जारी भएका छन् । तर, शिखर सम्मेलनको समाप्तिसँगै घोषणापत्रको पछिलाग्ने काम पनि सकिएकाले कार्यान्वयनमा जान सकेको छैन । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ११ औं शिखर सम्मेलनमा डा बिच्छाले यस पटक पनि विगतमा जस्तो नगर्न नेतृत्वलाई सुझाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सहयोग गर्न र उसले तथ्य र प्रमाणका आधारमा दिएका सल्लाह सुझावलाई नीति निमार्णमा समावेश गर्न पनि आयोग तयार रहेको स्पष्ट पारे । तर, उनले दातृ निकायको निरन्तर सहयोग घटिरहेको विषय स्मरण गराउँदै देश बिकट परिस्थितिबाट गुज्रिरहेका कुरा भने सबैमा जाहेर गरे ।  डा बिच्छाले परिषद् र योजना आयोग कसरी समन्वय गरेर अगाडि जान सक्छ त्यो मूलभूत विषय भएको बताए । तथ्यका आधारमा परिषद्ले दिएको घोषणापत्रलाई नीति निमार्णमा समावेश गराउँन सकौं उनले थपे । 

अन्य वक्ताले झै बिच्छाले पनि विगतमा एक अर्का बीचको समन्वय फिटिक्कै नभएको बताए । आगामी दिनमा राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय र अनुसन्धान परिषद्को भेटघाट बाक्लिनु पर्यो उनले भने । एक आपसमा समन्वय नहुँदा चाहेको जस्तो उपलब्धि हासिल गर्न सकिएको छैन । तथ्य र प्रमाणका आधारमा सल्लाह सुझाव दिएको खण्डमा हामी त्यसलाई नीतिमा समावेश गराउँने छौँ बिच्छा भन्छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ