मधेश प्रदेशका पूर्वमन्त्री भरत साहले २६ लाख ७० हजार सुराकी भत्ता खाएको भौतिकमन्त्रीको आरोप

काठमाडौं। मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पूर्वअर्थमन्त्री भरतकुमार साहले २६ लाख ७० हजार रुपैयाँ सुराकी भत्ता खाएको आरोप लगाएका छन्। मन्त्री यादवले प्रदेशसभाबाटै नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता समेत रहेका साहले २६ लाख ७० हजार रुपैयाँ सुराकी भत्ता खाएको आरोप लगाएका हुन्।
सुराकी भत्ताको विवरण प्रदेशसभामा पढेर सुनाउँदै मन्त्री यादवले सांसद साहलाई उक्त रकम फिर्ता गर्न मिल्दैन भनेर प्रश्न समेत गरेका छन्। मन्त्री यादवले पूर्वमन्त्री साहलाई ‘तपाईंले सुराकी गर्नु भएको हो? सुराकी गरेबापत त्यो रकम खानु भएको हो? आफ्नो खातामा राख्नु भएको हो?’ भनेर सदनबाटै जवाफ मागेका हुन्।
पूर्वमन्त्री सरोजकुमार यादव र मोहमद समिम पूर्वसचिवहरू जगदिश रेग्मी, वीरेन्द्रकुमार यादव, अर्जुनकुमार शर्मा, कृष्णहरि पुस्करलगायतले खाएको सुराकी खर्च फिर्ता गरेको दृष्टान्त पेस गर्दै भौतिकमन्त्री यादवले साहलाई नैतिकता देखाउन आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस