ग्लोबल फन्डका गाडी लिन युएनडिपीद्वारा अस्वीकार

काठमाडौं । नेपालमा सञ्चालित ग्लोबल फन्डका चार गाडी लिन युएनडिपी नेपालले अस्वीकार गरेको छ । ग्लोबल फन्डको पीआर रहेको सेभ द चिल्ड्रेनले विगतमा प्रयोग गरेका चार गाडी उक्त एजेन्सीले लिन अस्वीकार गरेको हो । आफूलाई पुग्दो गाडी रहेको भन्दै युएनडिपीले नलिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।
सेभबाट पीआर बाहिरिएपछि उसले प्रयोग गरेका गाडी हस्तान्तरण हुने भएका हुन् । अहिले ग्लोबल फन्डको पीआर युएनडिपी रहेको छ । युएनडिपीले गाडी राख्न अस्वीकार गरेपछि मन्त्रालय अलमलमा परेको छ । ट्याक्स विहीन ती गाडीहरू सरकारले लिएको खण्डमा ट्याक्स तिरेर मात्रै नामसारी गर्न मिल्छ ।
मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीम प्रसाद सापकोटाका अनुसार उक्त गाडीहरू कुन अवस्थामा छन् । ट्याक्स कति लाग्छ भनेर अध्ययन गर्न टिम खटाइएको छ । लिँदा घाटा नहुने अवस्था देखिए मात्रै मन्त्रालयले लिने छ । तर, ग्लोबल फन्डका गाडी नयाँ पीआरले नलिनु शङ्कास्पद छ । कतै नयाँ गाडी खरिद गर्न सेभले दिएको नलिएको त हैन ?
स्वास्थ्य लाइभले ग्लोबल फन्ड र युएनडिपीलाई नजिकबाट निगरानी गरिरहेको छ । यदि प्रयोगका गाडी अस्वीकार गरेर आर्थिक सङ्कटका बेला सरकारलाई आएको रकममा नयाँ गाडी खरिद गरेको खण्डमा युएनडिपीले ठुलो मूल्य चुकाउनु पर्ने छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस