कर्मचारीलाई २ वर्ष कुलिङ पिरियड राख्नुपर्ने डा. शेखरको प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कर्मचारीलाई २ वर्ष कुलिङ पिरियड राख्नुपर्ने प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न यस्तो प्रस्ताव गरेका हुन्।
‘उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संबैधानिक निकाय, राजदुत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’, डा. शेखरले लेखेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस