आमाको माया छात्रावासमा ५ सय विद्यार्थी पुऱ्याउने लक्ष्य


काठमाडौं। जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा ५ सय विद्यार्थी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। उक्त संस्थामा अध्यक्ष प्रमोदकुमार चौधरी आमाको माया छात्रावासमा ३ सय जनाबाट ५ सय जना विद्यार्थी व्यवस्थापन गर्ने लक्ष्य रहेको सुनाए।

रामायणमा श्रीरामको अभिनय गर्ने अरुण गोविल जीको उपस्थितमा भएको आमाको माया छात्रावासको १५ औं वार्षिकोत्सव समारोहमा छात्रावास सञ्चालनका लागि सहयोगी हातहरू थुप्रै जुटेका छन्। छात्रावासका लागि प्रतिविद्यार्थी वार्षिक २५ हजार शुल्क लाग्ने व्यवस्था छ। उक्त शुल्क दानवीरहरुले दिने गरेका छन्। आमाको माया छात्रावासको १५ औं वार्षिकोत्सवको अवसरमा पनि दर्जनौं दाताहरूले बालबालिकाको वार्षिक खर्च व्यहोर्ने घोषणा गरेका छन्।

३५ जना विद्यार्थीसम्मको खर्च व्यहोर्ने दाता पनि पाइएका छन्। यस्ता धेरै सहयोगी हात र मन भएका दानवीरहरूले शिक्षा नपाएका जनजाति बालबालिकाकाहरूको ठूलो कल्याण गर्दै आएका छन्।

 कुनै चर्चा परिचर्चा बिना हरेक हिन्दूले अर्को हिन्दूलाई आफ्नै परिवारको सदस्य ठान्नुपर्छ भन्ने मान्यता अनुसार आमाको माया छात्रावास सञ्चालित छ। गरिब र जेहन्दार विद्यार्थी उत्पादन गर्न उक्त छात्रावासको ठूलो भूमिका देखिन्छ।

सनातन परम्परा र संस्कृतिमा हुर्किएका आमाको माया छात्रावासका विद्यार्थीहरू विद्यावारिधि गर्ने समेत भइसकेका छन्। नेपालको संस्कार, संस्कृति, परम्परा र सभ्यता धान्न उनीहरूको ठूलो योगदान रहेको छ।

जनजाति कल्याण आश्रम, नेपालले चलाएको आमाको माया छात्रावास कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बाबा चोकमा अवस्थित छ। त्यस्तै झापाको विर्तामोड, धनुषाको रत्नसागर, मोरङको बिराटनगर, धादिङको धादिङ बेसी, दोलखाको चरिकोट, कैलालीको धनगढी, चितवको भतपुर, वीरगञ्जको आदर्शनगर, बाँकेको नेपालगञ्ज र नुवाकोटको विदुरमा आमाको माया छात्रावास सञ्चालित छ। आमाको माया छात्रावासले बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान दिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ