महेश बस्नेतले ज्वाला संग्रलालाई रवि लामिछानेको अर्दलीको संज्ञा दिए

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृ ज्वाला संग्रौलालाई रवि लामिछानेको अर्दलीको संज्ञा दिएका छन् । समाजिक सञ्जालमार्फत नेता बस्नेतले ज्वालालाई रविको अर्दली भनेका हुन्।
अदालतको अवहेलना मुद्दामा ३ दिनभित्र बयानका लागि बोलाएपछि बस्नेतले तिखो टिप्पणी गरेका हुन्। ‘अदालतको अवहेलना मुद्दामा सर्वोच्चले अराजकताको पराकाष्टा नाघेर रवि लामिछानेको अर्दली जस्तै बनेर अरु विरुद्ध जाई लाग्ने र षडयन्त्र गर्दै हिँडेकी ज्वाला संग्रौलालाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेछ । अब झिना मसिना सबै खालका अराजकता अन्त्य हुने छ।’, बस्नेतले लेखेका छन्।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशपछि ज्वालाले न्यायाधीशलाई ‘पार्टीको झोले’ भनेर लेखेकी थिइन्। त्यसपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो। उक्त मुद्दामा आईतबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलाशले ज्वालालाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। उक्त आदेश आएलगत्तै बस्नेतले ज्वालालाई अर्दलीको संज्ञा दिएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस