पशुपतिनाथ मन्दिरको गजुरको ढकन हालियो


काठमाडौं। काठमाडौं। पशुपतिनाथ मन्दिरको मूल गजुरको अग्रभागको अंश (ढकन) हालिएको छ। पशुपति क्षेत्र विकास कोषको खसेको पशुपतिनथ  मन्दिरको गजुरको टुप्पोको ‘कभर’ हालेको हो।

गजुरको सबैभन्दामाथिको अंश (ढकन) खस्दा अहिले टुप्पो सुईरो आकारमा मात्र देखिएको थियो। त्यसलाई छोप्ने सुनको कभर झरेको थियो। अनुमानित ४ इन्च लम्बाइ र गोलाई भएको (माथितिर सानो र तलतिर ठूलो त्रिभुज आकारको) उक्त कभर बाँदर वा प्राकृतिक हावाहुरीले झरेको बताइन्छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार उक्त गजुरको कभर बाँदर वा प्राकृतिक हावाहुरीले झारेको दाबी गरेका। सुनको कभर झर्दा गजुरको टुप्पोमा सुईरो जस्तो आकार देखिएर स्वरूप बिग्रिएको थियो। गजुरको खसेको उक्त अंश जडान गरिएको छ। शास्त्रीय विधि र मर्यादा अनुसार मात्रै हुने हुँदा खसेको अंश जडान गर्न समय लागेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ