सशस्त्रका एआईजी गौतमको अवकाश, डिआईजी गिरी र मगर प्रतिस्पर्धामा


काठमाडौं। सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतमले अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण एआईजी गौतमले अनिवार्य अवकाश पाएका हुन्।

नेपाली सेनाबाट आएका गौतम एआईजीबाट बिदा भएपछि उक्त रिक्त पदका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरूबीच बढुवाका लागि दौडधुप सुरू भएको छ। एआईजीमा बढुवाका लागि डिआईजीहरू कमल गिरी र गणेश ठाडा मगरबीच मुख्य प्रतिस्पर्धा देखिन्छ।

सशस्त्र प्रहरी बल मुख्यालयको सीमा सुरक्षा विभागमा कार्यरत डिआईजी गिरी अहिले सबैभन्दा वरिष्ठ (१ नम्बर) हुन्। त्यसपछि बागमती प्रदेशमा कार्यरत ठाडा मगर रहेका छन्। एआईजी बढुवाका लागि गिरी र मगरसँगै डिआईजीमा बढुवा भएका कुलबहादुर निम्बाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा रहेका छन्। गिरी र मगरबीचमध्ये एकजना एआईजी हुने देखिन्छ। अहिले एआईजी हुने ३ वर्षपछिको सशस्त्र प्रहरी बलको कमाण्ड (आईजी) नेतृत्व सम्हालेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #कमल गिरी, #चन्द्रप्रकाश गौतम एआईजी सशस्त्र प्रहरी, #डीआईजी गणेश ठाडा मगर, #सशस्त्र प्रहरी बल, #सशस्त्र प्रहरी बल डिआईजी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ