अमृतले शंखरापुर नछाड्दा प्रमुख प्रशासकीय अधिकृत बनेर गएका चुरामणि पन्थी अलपत्र

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर गएका चुरामणि पन्थी अलपत्र परेका छन्। शंखरापुरमा कार्यरत अमृतकुमार धितालले ठाउँ नछाडेपछि पन्थी अलपत्र परेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना तथा प्रविधि विभागमा कार्यरत उपसचिव पन्थीलाई शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो। तर, उक्त नगरपालिकाबाट सरूवा भइसकेका प्रमुख प्रशासकीय धितालले ठाउँ नछाडेपछि पन्थी अलपत्र परेका हुन्। शंखरापुर पुगेका पन्थी १ महिनादेखि अलपत्र परेको पाइन्छ।
प्रमुख प्रशासकीय अधिकृत धितालले ठाउँ नछाडेपछि उनको विरोध हुन थालेको छ। उनको कार्यशैलीलाई लिएर नगरपालिकाभित्र समेत असन्तुष्टि सुनिन थालेको छ। मन्त्रालयले पठाएका उपसचिव पन्थीलाई ठाउँ नछाडेपछि जनप्रतिनिधिहरूले आक्रोश पोख्न थालेका छन्। तर, धिताल टसमस भएका छैनन्। उनी शंखरापुरको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा लिसो टाँसिएझै टाँसिएर बसेको चर्चा हुन् थालेको छ। धिताल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि विवादमा तानिएका थिए। अहिले शंखरपुरमा पनि उनी विवादमा परेका छन्।
क्याटेगोरी : समाचारट्याग : #अमृतकुमार धिताल, #चुरामणि पन्थी, #प्रमुख प्रशासकीय अधिकृत, #मेलम्ची नगरपालिका, #शंखरापुर नगरपालिका
तपाईको प्रतिक्रिया दिनुहोस