धोबीखोला खाने डा. राजेश झामाथि जबर्जस्ती करणीको आरोप


काठमाडौं। धोबीखोलाको सरकारी जग्गा खाने डा. राजेश झा (अहिराज)माथि जबर्जस्ती करणीको आरोप लागेको छ। मधेश प्रदेशका पूर्वप्रमुख समेत रहेका झामाथि बाल यौन दुराचारको आरोप लागेको हो।

झाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा जबर्जस्ती करणीको जाहेरी परेको छ। जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति समेत दिइसकेको छ। झाले १७ वर्षको उमेर भएकी एक बालिकामाथि यौन दुर्व्यवहार गरेको जाहेरी परेको हो। प्रहरीले पक्राउ गर्ने सुईको पाएपछि उनी लापत्ता भएका छन्। झा भारत पुगिसकेको प्रहरीको अनुमान छ। प्रहरीले झाविरुद्ध जबर्जस्ती करणी मुद्दामा अनुसन्धान समेत सुरू गरिसकेको छ।

झाले धोबीखोलाको सरकारी जग्गा हडपेर घर बनाएका छन्। बालिकामाथि जाइलागेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको हो। अहिले झा प्रहरीको फरार सूचीमा परेका छन्। विवादित झालाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो। उनी अहिले ओली नेतृत्व कै सरकारका पालामा जबर्जस्ती करणीको आरोप खेपिरहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ