दातृ निकायको सहयोग ५ अरबले घट्यो, ३ अरब ६१ करोड मात्र प्रतिवद्धता


काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आर्थिक वर्ष ०८१ / ०८२ का लागि बजेट बन्ने क्रम जारी छ ।
स्वास्थ्यले आगामी आर्थिक वर्षका लागि तीन अरब बजेट घटाएर सिलिङ पाएको छ । गत वर्ष ८६ अरबको बजेट सिलिङ पाएको स्वास्थ्यले यस वर्ष ८३ अरबको पाएको छ । गत वर्ष करिब ८ अरब दातृ निकायको सहयोग उल्लेख भएको बजेटमा यो वर्ष ५ अरबले घटेर आएको छ ।  

स्वास्थ्यले यस वर्ष ३ अरब ६१ करोड मात्रै सहयोग पाउने देखिएको छ । अहिले सम्म प्राप्त प्रतिवद्धता अनुसार विश्व बैङ्कले सबैभन्दा बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । उसले ३ अरब २१ करोड दिन इच्छुक भएको भन्दै प्रतिवद्धता पत्र पठाएको छ । उक्त रकम ५— १०— १५ बेडको आधारभूत अस्पताल निर्माणमा खर्च हुने छ । 

विश्व स्वास्थ्य सङ्गठनले २८ करोड सहयोग गर्न प्रतिवद्धता जनाएको छ । यता युएनएफपिएले १ करोड ४५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसैगरी युनिसेफले १० करोड ८५ लाख सहयोग गर्ने भएको छ । उक्त बजेट रातो किताबमै समावेश भएर आउने छ । युएसएआइडी बन्द भएसँगै दातृ निकायको सहयोगमा भारी गिरावट आएको हो । 

क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ