ग्लोबल फन्डमा ५ महिनाको रिपोर्ट गर्ने समय भयो,  युएनडिपीसँग केही विवरण छैन 


काठमाडौँ  ग्लोबल फन्डले खडा गरेको नयाँ पीआरले काम गर्ने ढङ्ग नपुर्‍याउँदा पहिला साइकल ( रिपोटिङ ) बारे प्रश्न उठेको छ । क्षयरोग, मलेरिया र एचआइभीका क्षेत्रमा काम गर्दै आएको उक्त फन्डका बारेमा पछिल्लो ८ महिना यता थुप्रै प्रश्नहरू उठ्न थालेका छन् । मुख्यगरी युएन एजेन्सी भित्रको संस्था युएनडिपीको योग्यता र क्षमतामाथि चौतर्फी प्रश्न उठेका छन् ।

सेभ द चिल्ड्रेन बाट पीआर खोसिएपछि युएनडिपी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पीआर बनेका छन् । साढे ८ महिना अगाडिबाट नयाँ पीआरले काम गर्नुपर्नेमा अहिले गर्न सकेका छैनन् । एक अधिकारीले बताए अनुसार ग्लोबल फन्डलाई पहिलो साइकलको रिपोटिङ गर्ने समय आएको छ । 

पीआर बनेको युएनडिपीले ५ महिनामा भए गरेका काम र दिएको सेवाका बारेमा सीसीएमलाई रिपोटिङ गर्नुपर्छ । उक्त रिपोटिङका आधारमा सीसीएमले ग्लोबल फन्डलाई जानकारी गराउँने नियम रहेको छ । सीसीएमले युएनडिपीलाई पटक पटक विवरणहरू मागिरहेको छ । तर, कामै सुरु नगरेको युएनडिपीले बिचरा कसरी विवरणहरू उपलब्ध गराओस् । अहिले नेपालको सीसीएम दुई ढुङ्गाको तरुल भएको छ । 

अधिकारीहरूले बताए अनुसार युएनडिपीले सेवा सुरु नगरेका कारण कोठामा बसेर जथाभावी विवरणहरू बुझाउन सक्ने जोखिम पनि त्यतिकै रहेको छ । यस विषयमा सम्बन्धित निकाय चनाखो रहन आवश्यक छ । रिपोटिङका लागि ग्लोबल फन्डबाट १०६ जना जनशक्ति भर्ना गर्नुपर्ने छ । त्यो काम अहिले सम्म प्रक्रियामा गएको छैन । 

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीम प्रसाद सापकोटा जतिसक्दो चाँडो काम सम्पन्न गर्न लागि परेका छन् । उनले बताए अनुसार अहिले कर्मचारी भर्नाको विषयलाई लिएर कार्यविधि तयार हुँदै छ । एक हप्ता भित्र कर्मचारी भर्ना सम्बन्धी कार्यविधि तयार भएपछि १०६ जना कर्मचारी राखेर कामलाई तिव्रता दिने सापकोटा बताउँछन् । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##Global Found, ##UNDP NEPAL

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ