चीनको ‘ईकोनोमिक मिनिस्टर’ बन्ने गरी परराष्ट्र गइन् पार्वती अर्याल


काठमाडौं। चिनको बेइजिङस्थित नेपाली आवासीय राजदूतावासको ‘ईकोनोमिक मिनिस्टर’ बन्ने गरी सहसचिव पार्वती अर्याल परराष्ट्र मन्त्रालय पुगेकी छिन्। अर्थ मन्त्रालय वा अन्तर्गत भन्सार जाँचपासपछिको परीक्षण कार्यालय, प्रमुख भन्सार परीक्षण प्रशासकबाट परराष्ट्र मन्त्रालय पुगेकी हुन्।

बेइजिङको ‘ईकोनोमिक मिनिस्टर’मा सहसचिव विन्देश्वरप्रसाद लेखकलाई पठाइएपनि उनी हङकङको महावाणिज्यदूतमा फड्को मारेपछि अर्यालले ‘चान्स’ पाएकी हुन्। मुख्यसचिव एकनारायण अर्यालको ‘इच्छा’ अनुसार पार्वती परराष्ट्र मन्त्रालय जान सफल भएकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो।

राष्ट्रिय महिला आयोगबाट अर्थ मन्त्रालय भित्रिएकी पार्वती अर्थबाट परराष्ट्र पुग्न सफल भएकी छिन्। वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख समेत भएर काम गरिसकेकी पार्वती अब विदेशस्थित नियोगमा जाने भएकी हुन्।

२०७९ सालमा विदेश्वरसँगै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी पार्वती विन्देश्वरले छाडेकै ठाउँमा जाने गरी परराष्ट्र पुगेकी हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #पार्वती अर्याल सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ