प्रधानमन्त्री कार्यालयको आडमै रहेको हेल्थ डेस्कमा राष्ट्रिय झण्डाको कन्तबिजोग


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आडमै रहेको सिंहदरबार हेल्थ डेस्कमा रहेको राष्ट्रिय झण्डाको कन्तबिजोग भएको छ। देशको सुशासन जस्तै प्रधानमन्त्री कार्यालयको आडमै रहेको राष्ट्रिय झण्डा पनि धुजाधुजा भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सिंहदरबारमा स्थापना गरेको हेल्थ डेस्कमा रहेको राष्ट्रिय झण्डा देशको अवस्था देखेर फाटेको छ। देश र शासन सञ्चालकहरूको दुरावस्था प्रधानमन्त्री कार्यालय अगाडि कै राष्ट्रिय झण्डाले देखाएको हो।

देशको अवस्था परिवर्तन नहुँदा व्यवस्था विरोधीहरूले टाउको उठाउन थालेका छन्। झण्डाको अवस्था हेर्दा पनि उक्त कुराको संकेत मिल्छ। सिंहदरबारभित्रै राष्ट्रिय झण्डाले इज्जत पाउँदैन भने देशको इज्जत कस्तो छ भनेर सहज अनुमान लगाउन सकिन्छ।

राष्ट्रिय झण्डाको कन्तबिजोग हेर्दै प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्म दिनप्रतिदिन त्यहिँ बाटो हिँडिरहेका हुन्छन्। राज्य सञ्चालकहरूको असली रूप राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुरानो भवनमा रहेको राष्ट्रिय झण्डाले प्रस्ट्याएको छ। राष्ट्रिय झण्डाको दुरावस्था फेर्न नसक्नेहरूले देशको अवस्था फेर्न सक्लान् भन्ने कुरामा शंका उत्पन्न भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ