टर्कीमा भूकम्प गएपछि प्रधानन्यायाधीशको भ्रमण रोकियो


काठमाडौं। बिहीबार टर्की भ्रमणमा निस्कन लागेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भूकम्पका कारण रोकिएका छन्। संवैधानिक नियुक्तिको निरन्तर सुनुवाई रोकेर टर्की जान लागेका राउत आफै रोकिएका हुन्। ६.२ म्याग्निच्युड भूकम्पले प्रधानन्यायाधीशको टर्की जाने कार्यक्रम नै रद्द भएको सर्वोच्च अदालत स्रोतले बतायो।

न्यायाधीश नियुक्तिको कामलाई समेत थाती राखेर प्रधानन्यायाधीश राउत टर्की जाने तयारीमा रहेका थिए। तर, बुधबार टर्कीमा भूकम्प गएपछि उनको भ्रमण स्थगित भएको छ। सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी भएपनि प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण प्रक्रिया रोकिएको छ। प्रधानन्यायाधीशको भ्रमण रोकिए पनि संवैधानिक नियुक्तिसम्बन्धी संवैधानिक इजलासमा विचाराधीन मुद्दा पेसीमा चढाउने निर्णय भइसकेको छैन। वैशाख २८ गतेलाई पेसी तोकिने सम्भावना रहेको स्रोतको भनाइ छ।

प्रधानन्यायाधीश राउत चाँडै बेलायत भ्रमणको तयारीमा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ