सरकारी बाहेक सबै अस्पतालले बिरामीलाई स्वास्थ्य सेवा दिने  


काठमाडौँ ।  कानूनलाई चुनौती दिदैँ नेपाल चिकित्सक सङ्घले आजबाट अस्पतालमा सेवा नदिन आफ्ना सदस्यहरूलाई उर्दीजारी गरेको छ । बिहीवार एक विज्ञप्ति जारी गरेर उसले देशभर रहेका आफ्ना सदस्यलाई बिरामीको सेवामा सहभागी नहुन निर्देशन जारी गरेको हो । 

अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) दिएको अधिकार प्रयोग गर्दै स्वास्थ्य, औषधि जस्ता अत्यावश्यक क्षेत्रमा कसैले बन्द हड्ताल गर्न निषेध गरी आदेश जारी गरेको छ । यति मात्र हैन अदालतले समेत स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल  नगर्न आदेश जारी गरेको छ । तर, सङ्घले शुक्रबार आजबाट नागरिकको सेवामा सहभागी नहुन निर्देशन दिइसकेको छ । 

चिकित्सक सङ्घले दिएको निर्देशन केबल चुनाव केन्द्रित मुद्दामा आधारित भएको चिकित्सा क्षेत्रका विज्ञहरू बताउँछन् । चिकित्सकहरू नै जनताको स्वास्थ्य सेवा पाउने अधिकार सङ्घले खोस्न नहुने पक्षमा उभिएका छन् । सेवा बहिष्कार सरकारी अस्पतालमा दिनभर गर्ने र निजी अस्पताल वा क्लिनिकमा साँझ त्यही चिकित्सकहरू जाने गरेका उदाहरण विगतमा पनि देखिएका हुन् । त्यसैले असर सरकारी अस्पतालमा पर्ने हो । 

एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले कसैले भन्दैमा सेवा बन्द नहुने दाबी गरे । स्वास्थ्य सङ्कटका बेला समेत सेवा अवरुद्ध नगरेका निजी क्षेत्रले कसैको धाक धम्किमा सेवा अवरुद्ध नहुने स्पष्ट पारे ।
पीजीका विद्यार्थीलाई निर्वाह भत्ता दिने विषयमा पनि उनले स्पष्ट धारणा राखेका छन् । यसका लागि चिकित्सक सङ्घले आन्दोलन वा अग्रसरता देखाउनै नपर्ने कार्कीको भनाइ छ । सरकारले समस्या समाधानका लागि समिति बनाएको छ, उक्त समितिको रिपोर्ट आउँन साथ कलेजहरू उक्त निर्णय कार्यान्वयनमा लाग्ने छन् कार्कीले भने । तर, एक पक्षको हितमा मात्रै निर्णय स्वीकार्य छैन, उनले भने । 

पीजी पढाउँदा कलेजलाई १६ हजार १७ रुपैयाँ मात्रै आम्दानी 

आवासीय भत्ता : ४८,७३७ का दरले १९ लाख ७४३ रुपैयाँ
विश्वविद्यालय सेवा शुल्क : २ हजार
परीक्षा शुल्क  ः १ लाख ३८ हजार
दर्ता शुल्क : २५ हजार
विश्वविद्यालयद्धागरिने निरीक्षण शुल्कः ५ हजार
एमइसी निरिक्षण शुल्क : ५ हजार
आन्तरिक परीक्षा : २० हजार
भर्ना शुल्क : १ लाख
पाठ्यक्रम विकास शुल्क : ७७ हजार
पुस्तकालय शुल्क : १ लाख
विविध : २० हजार
प्रति पीजी विद्यार्थी शुल्क : २३,६५,७४३
प्रति पीजी विद्यार्थीबाट कुल आय :  २३,८१,७६०
बाँकी आय : १६, ०१७ 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ