रसुवागढी नाकामा सरसफाइ


रसुवागढी । नेपाल र चीनको सीमानामा पर्ने रसुवागढी नाकामा सरसफाइ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले रसुवागढी नाकामा सरसफाइ गरेको हो।४०/५० जनाको संख्यामा रहेको टोलीले लिङ्दे खोलाबाट नेपालको भूभाग तर्फ सरसफाइ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, टिमुरेका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाईं, नेपाल प्रहरीका निरीक्षक कृष्णप्रसाद धिताल, श्रीनाथ गण लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षा बेस विदुर कार्की भन्सार अधिकृत नवराज चौलागाईंसहितको टोलीले एकाबिहानै रसुवागढी नाका सफाचट् बनाएको हो। रसुवागढी नाकाबाट प्लास्टिकजन्य र अन्य गरी १ टनभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ