सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ


काठमाडौं। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेकी छिन्। जीवी राई जोडिएको उक्त सहकारीमा राईको आवद्धता भेटेपछि प्रहरीले पक्राउ गरेको हो। शनिबार उनलाई कपनबाट पक्राउ गरेर काठमाडौं परिसरमा लगिएको प्रहरीले जनाएको छ।

स्वर्णलक्ष्मी सहकारीको सञ्चालकको हैसियतमा मायाको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ नगर्दा गृहमन्त्री रमेश लेखकको चर्को आलोचना भएपछि शनिबार प्रहरीले मायालाई नियन्त्रणमा लिएको हो। भोजपुरकी माया पहिलोपटक समानुपातिक सांसद बनेकी हुन्। जीवी राईको सहकारी प्रकरणमा माया पनि मुछिएकी छिन्। मायाको सांसद पद निलम्बन हुने भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ