रामवरण यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कोइराला परिवार एक ठाउँमा

काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कोइराला परिवार एक ठाउँमा उपस्थित हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा डा. शेखर कोइराला विशिष्ट अतिथि तथा डा. सशांक कोइराला र सुजाता कोइराला अतिथि रहेका छन्।
त्यस्तै वी. पी. को समाजवाद र स्थानीय सरकार नामक पुस्तक बिमोचन कार्यक्रममा अर्जुननरसिंह केसी र एनपी साउद पनि अतिथिको रूपमा सहभागी हुँदैछन्। दिउँसो १ बजे हुने कार्यक्रममा सुन्दरमणी दिक्षित, लोकराज बराललगायत उपस्थित हुने आयोजक संस्था वी. पी. कोइराला सोसलिस्ट ईन्टरनेशनल नेपालले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस