काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा, सार्वजनिक र निजी दुबै सवारी सञ्चालनमा रोक

काठमाडौँ : कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको छ ।
यो अवधिभर निजी र सार्वजनिक सवारी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।


ट्याग : #निषेधाज्ञा
तपाईको प्रतिक्रिया दिनुहोस