काठमाडौँमा १५ दिन निषेधाज्ञा लगाउने सरकारको निर्णय

काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
१६ गतेदेखि लागू हुने गरी बैशाख महिनाभर निषेधाज्ञा लागू गर्ने निर्णय सरकारले गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक हप्ता निषेधाज्ञा गर्ने भनेर गरेको निर्णय परिमार्जन गर्दै १५ दिनको निर्णय गरेको हो ।
निषेधाज्ञा कोभिड संक्रमण दर हेरेर निषेधाज्ञा हट्ने या थप्ने निर्णय गर्ने बारेमा पनि मन्त्रिपरिषद्मा छलफल भएको छ ।
क्याटेगोरी : मेडिकल शिक्षाट्याग : #निषेधाज्ञा
तपाईको प्रतिक्रिया दिनुहोस