सरकारद्वारा जसपाका १२० नेता-कार्यकर्ताको मुद्धा फिर्ता (नामसहित)

सरकारले जनता समाजवादी पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता लिएको छ ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले जसपाका १२० नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता लिइएको जानकारी दिए ।
नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’
उनले मुद्धा फिर्ता भएका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
जसपाले सांसद रेशम चौधरीसहित विभिन्न मुद्धा लगाइएका नेता कार्यकर्ताको मुद्धा फिर्ता लिनुपर्ने माग गर्दै आएको थियो ।
दुई हप्ताअघि जसपाले मुद्धा फिर्ता लिनुपर्ने २२० जना नेता कार्यकर्ताको नाम गृहमन्त्रालयलाई बुझाएको थियो ।
मन्त्री गुरुङले सरकारवादी रहेको फौजदारी मुद्धा फिर्ता लिइएको र आगामी दिनमा पनि मुद्धा फिर्ता लिने क्रम जारी रहने प्रष्ट पारे ।



ट्याग : #मुद्धा फिर्ता
तपाईको प्रतिक्रिया दिनुहोस