आफ्नै गाउँ फर्कि आए… उपत्यका छोड्नेको बसपार्कमा घुइँचो (फोटोफिचर)

काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ ।
सरकारले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा लगाउने निर्णय गरेसँगै बसपार्कमा घर फर्किने यात्रुको भीड बढेको हो ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायातमा दुई दिन यता यात्रुहरु सिट नपाएर उभिएर गन्तव्यतर्फ लागेका हुन् ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।













ट्याग : #बसपार्क
तपाईको प्रतिक्रिया दिनुहोस