काठमाडौँ उपत्यकामा सुरु भयो यो वर्षको पहिलो चरणको निषेधाज्ञा

काठमाडौँ । कोभिड संक्रमण दर उच्च भएपछि सरकारले काठमाडौँ उपत्यकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा भएकै कारणले बिहानैदेखि काठमाडौँ उपत्यकाका सडक सुनसान छन् । मानिसहरु बाहिर निस्केका छैनन् । आजदेखि बैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीहरूले सुरुमा एक हप्ता (वैशाख २२ं) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्को एक हप्ता निषेधाज्ञा जारी हुने सम्भावना छ ।
क्याटेगोरी : मेडिकल शिक्षाट्याग : #काठमाडौं उपत्यका
तपाईको प्रतिक्रिया दिनुहोस