निषेधाज्ञा फितलो भयो :स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा अझै कडाई गर्नु पर्ने बताएको छ । सरकारले गरेको निषेधाज्ञा तीन हप्ता पुगेपनि सोचे अनुसार केस घट्न नसकेको भन्दै यसलाई अझै कडाई गर्नुपर्ने मन्त्रालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले निषेधाज्ञा ज्यादै फितलो भएको बताए । ‘कम्तिमा दुई हप्ता ठप्प हुने किसिमले निषेधाज्ञा लगाउनु पर्छ डा पोखरेलले भने, ‘आम नागरिकलाई एक–दुई हप्ता पुग्ने सामान किन्न लगाएर निषेधाज्ञामा कडाइ गर्नुपर्छ । अहिले बिहान मानिसहरुको जमघट बडेकाले संक्रमण त्यहीबाट फैलिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन २०२० लाई परिमार्जन गरेको छ । त्यसलाई अध्यायदेश मार्फत पास गरेर संकटकाल तर्फ उन्मुख हुनुपर्ने बताए । स्वास्थ्य संकटकाल भनेर औपचारीक घोषणा नगरे पनि अनौपचारीक रुपमा त्यसलाई प्रयोगमा ल्याउनु पर्छ प्रमुख विशेषज्ञ पोखरेलले भने ।


मन्त्रालयले अस्पतालहरुलाई हाइफ्लो अक्सिजन प्रयोग गर्ने भन्दा पनि सिप्याप र बिप्याप अनुरोध गरेको छ । प्रधानमन्त्री प्रधानमन्त्री स्तरमा वार्ता गरी अन्य देशबाट अक्सिजन प्लान्ट तुरुन्त ल्याउन पहल गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री स्तरबाट कुरा भए चीन, टर्की लगायतका देशबाट तत्कालै अक्सिजन प्लान्ट आउने उनिहरुको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ