वीर अस्पतालको सर्जिकल भवनमा नयाँ अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौं । चौधरी फाउण्डेशनले वीर अस्पताललाई अस्क्सिजन प्लान्ट र आईसियु वेड उपलब्ध गराउने भएको छ । मंगलबार (आज) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र चौधरी फाउण्डेशन बिच सँझौता हुदैछ । अक्सिजन प्लान्ट र १८ वटा आईसियु वेड दिने विषयमा संझौता हुदैछ ।
न्याम्सका उपकुलपति प्राध्यापक डा डीएन साहका अनुसार एक दुई हप्तामा उक्त उपकरण जडान हुने छ । करिब ५ करोड रुपैयाँ बराबरको उपकरण सहयोग गर्ने बुझिएको छ । अक्सिजन अभाव हुदा वीर अस्पतालको नयाँ सर्जिकल भवन संचालनमा आउँन सकेको छैन । चौधरी फाउण्डेशनले उक्त उपकरण चीनबाट ल्याउने जनाएको छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचारट्याग : ##CG Group
तपाईको प्रतिक्रिया दिनुहोस