चीनबाट ९ लाख भेरोसेल खोप आयो

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको दश लाख मध्ये ९ लाख भेरोसेल खोप आइपुगेको छ । २ लाख तिब्बत सरकार र ८ लाख चिन सरकारले दिएको हो ।
स्वास्थ्य सेवा विभागका उप सचिव उपेन्द्र ढुंगानाले बाँकी १ लाख खोप भने बिहिबार आउने बताए । बुधबार चिनबाट नेपाल एयरलायन्स र तिब्बतबाट दुई पटक हिमालय एयरलाइन्सले खोप ल्याएका थिए ।
अघिल्लो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति बीच भएको टेलिफोन बार्तापछि तत्काल १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल अनुदानमा दिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस