कोभिड विशेष नर्स समूह यसरी सेवा प्रदान गरिरहेको छ


कोभिड १९ मा मात्रै केन्द्रित रहेर काम गर्ने नर्सहरुको समूह देशभर छ । विशेषगरी हामी कोभिडमा काम गरिरहेका छौं । यो कुनै चर्चा र स्वार्थका लागि बनाइएको समूह हैन । नागरिक र राज्यलाई परेको संकटमा हामी (नर्स) ले सकेको सहयोग गरौँ भनेर खोलीएको समूह हो ।

म महाराजगञ्ज नर्सिङ कलेजमा मास्टर अध्ययन गर्छु । कोरोनाको पहिलो छाल ३ सय ९ दिन चलेको थियो । कोरोनाको पहिलो छाललाई नेपालको स्वास्थ्य संरचनाले सजिलै धानेको थियो । जब कोरोनाको दोस्रो छाल सुरु भयो नेपालका स्वास्थ्य संरचनाले धान्न सकेन । एक हिसाबले भन्नु पर्दा नेपालको स्वास्थ्य प्रणाली नै धवस्त भयो ।

स्वास्थ्य संस्थामा सेवारत जनशक्ति उपचारमा केन्द्रित भएपनि हामी जस्ता अध्ययनरत विद्यार्थी (नर्स) को घरमा बस्नेबाहेक अन्य कुनै भूमिका थिएन ।

हामीले देशलाई परेको संकटबाट भाग्नु हुदैन भन्ने सोच राखेर सामूहिक प्रयासमा सातै प्रदेशमा अध्ययनरत केही नर्सहरुको समूह बनाएका हौं । यो समूहको मुख्य उदेश्य भनेको होम आइसोलेसनमा बसेका बिरामीहरुलाई टेलिफोन मार्फत सहज रुपमा काउन्सिलिङ गर्नु थियो ।

उपचारात्मक क्षेत्रमा नभए पनि ८० प्रतिशत भन्दा बढी संक्रमित समुदायमा छन् । उनिहरुको स्वास्थ्यलाई केन्द्रमा राखी हामीले काम गर्नुपर्छ भन्ने ठानेर कोभिड विषेश नर्स समूहको स्थापना गर्यौं” ।

समूह स्थापना गर्नु ठूलो कुरा थिएन तर, सेवा कसरी अगाडी बढाउने, कस्तो दिने भन्नेमा हामीबीच अन्योल थियो । बिरामीको प्रश्न कस्तो आउँन सक्छ भनेर हाम्रो समूहले तीन दिन बसेर योजना बनायौं । पाइलट प्रोजेक्टबाट हामीले केही महत्वपूर्ण कुरा जान्ने मौका पायौं । तीन दिनको पाइलोट प्रोजेक्ट गर्दा के देखियो भने सामाजिक सन्जालसँग आवद्ध भएका व्यक्तिहरुलाई कोरोनाबारे धेरै जानकारी छ । तर, सामाजिक सन्जालमा आएका सूचनाहरु कुन सही कुन गलत छुट्याउन गाह्रो भएको पाइयो ।

त्यस्तै सामाजिक सन्जालमा आवद्ध नभएका व्यक्तिहरुलाई कोरोनाका विषयमा केही पनि जानकारी छैन । उहाँहरु घरमा बस्दा गम्भिर समस्या आएपछि मात्रै अस्पताल जाने अझ कतिपयले बचाउनै नसक्ने अवस्थामा मात्रै अस्पताल जाने गरेको पत्ता लागायौँ ।

त्यसैगरी सामाजिक सन्जालमा आएका कुराहरुलाई विश्वास गरेर औषधिको व्यापक दुरुपयोग गरेको पाइयो । विभिन्न औषधिहरु मनलाग्दी रुपमा संक्रमितले खाएको पायौं । यी प्रमाणहरु फेला पारेपछि हामीले सुधारका क्षेत्रमा काम गर्नुपर्छ भन्ने निर्णय लिएका हौँ ।

सात प्रदेशमा ७ जना काउन्सिलर र सात जना कोअडिनेटर राख्ने तयारी ग¥यौं । स्तानीयस्तरसम्म पुग्न सजिलो होस् भाषाको पनि समस्या नआओस् भनेर सात प्रदेशमा सोही अनुसारको टिम बनाएका हौँ । हामीले औपचारीक रुपमा २६ बैशाखमा सम्पर्क नम्बर उपलब्ध गराएका थियौँ ।

कोअडिनेटरले स्थानी तहसम्म पुगेर संचार माध्यममा सूचना प्रवाह गर्ने, जनचेतना मुलक क्याटलकहरु उपलब्ध गराउने काम गर्दै आएको छ । यता काउन्सिलरले २४ सै घण्टा संक्रमितलाई काउन्सिलिङ गर्दै आएका छन् । यसरी हामीले आवश्यकता अनुसार सेवा दिएका छौं ।

गर्भवती महिला भएको खण्डमा नेपाल सरकारको टोलफ्री नम्बर सहित मिडवाइफ्री नर्सहरुसँग जोड्ने काम गरेका छौं । चिकित्सक आवश्यक पर्ने बिरामी भए चिकित्सकको टिम पनि हामीसँग आवद्ध हुनुहुन्छ ।

काउन्सिलिङ आवश्यक पर्ने बिरामीहरुका लागि मानसिक रोग विशेषज्ञ चिकित्सकसँग जोड्ने गरेका छौं । तर, यति गरेर मात्रै हामी पन्छिदैनौँ । हामी एक पटक सम्पर्क गरेको बिरामीलाई अवस्था हेरेर १२ घण्टा र २४ घण्टामा फलोअप समेत छौं ।

अक्सिजन लेभल घटेर पनि घरमा बसेका संक्रमित धेरैलाई हामीले अस्पताल पठाएका छौं । जसको समयमा ज्यान बचेको छ । हामीले अस्पताल जान धेरै कर गर्छौ, त्यसबेला उहाँहरु रिसाउनु पनि हुन्छ । तर, पछि हामीले गरेको कर बारे बुझ्नुहुन्छ ।

आपत्कालिन अवस्थामा एम्बुलेन्स बोलाउने तरिका, अक्सिजन जाँच गर्ने तरिका पनि हामीले बुझाएका छौं । सरकारले पनि सहयोग गर्न थालेको छ हामीले घरमा बसेरै भएपनि गरेको सेवाको सरकारी तवरबाट मूल्यांकन भएको छ ।

नर्सिङ महाशाखाले हाम्रो कामको सम्मान गर्नुभएको छ । उहाँहरुले हामी सँग पनि समन्वय गर्नु भएको छ । त्यस्तै इपिडिमियोलोजी तथा रोग महाशाखासँग समन्वय गरेर होम आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने नियमहरुको हाते पुस्तिका दिनु भएको छ ।

हामीले गरेको कामको सबै तथ्यांक नेपाल सरकारलाई बुझाउछौँ । हरेक ४ दिनमा गरेको कामको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाउँदै आएका छौं ।

क्याटेगोरी : मेडिकल शिक्षा, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ