डेनमार्कले पनि १४ लाख एस्ट्राजेनेका खाेप दिने

कोभिड विरुद्धको खोप लगाउदै स्वास्थ्यकर्मी
काठमाडौं । डेनमार्क सरकारले नेपाललाइ १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनेकाले तयार पारेकाे खोप दिने पत्र पठाइसकेको स्वास्थ्य सेवन विभागले जनाएकाे छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागले युनिसेफमा पत्र पठाएकाे छ ।
यस अगाडि बेलायत सरकारले १० लाख र अमेरिकाले पनि केही लाख खाेप दिने घाेषणा गरिसकेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस