बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शैदान्तिक सहमती दिने निेर्णय
काठमाडौं । पुर्वको झापामा रहेको प्रस्ताबित बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागी शैदान्तिक सहमती दिने निेर्णय भएको छ । शुक्रबार चिकित्सा शिक्षा आयोगको बैठकले बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागी शैदान्तिक सहमती दिने निेर्णय गरको हो।
पुर्वमा सुविधा सम्पन्न मेडिकल कलेज आवश्यक भएकाले सरकारले त्यसलाई अगाडी बढाउन लागेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार मेडिकल कलेजहरुको सिट निर्धारण र सम्बन्धनको विषयलाई लिएर अहिले पनि छलफल जारी छ । तथापी बिएण्डसी मेडिकल कलेजको सम्बन्धन दिन सबै एक मत भएका छन् ।
यता मेडिकल कलेज खोल्न हुदैन भन्ने केही व्यक्तिहरुले राजधानी काठमाडौैंमा बिरोध गर्दै आएका छन् । बिएण्डसी मेडिकल कलेजले पूर्णरुपमा अस्पताल चलाएको छ । कोरोनाको समयमा सुदुरपश्चिम देखि समेत बिएण्डसी मेडिकल कलेज विरामी सेवा लिन पुगेका थिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस