संसद सचिवालयका ३ जना कर्मचारीमा कोरोना पोजेटिभ

काठमाडौं । संघीय संसदका तीन जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ।
आइतबारबाट संसद बैठक सुरु हुने भएपछि शुक्रबार र शनिवार संघीय संसद सचिवालयले सभामुख, सांसद, कर्मचारी, सुरक्षाकर्मी, पिए, संसदीय मामिला पत्रकारहरुको एन्टिजेन परिक्षण गराएको थियो।
८०१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जना कर्मचारीको पोजेटिभ र बाकि सबैको नेगेटिभ आएको संसद सचिवालयले बताएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस