भक्तपुर अस्पतालले करार सेवामा २४ कर्मचारी माग्यो
पलम्बरदेखि फिजिसियनसमेत करार सेवामा राख्ने तयारी
काठमाडौ । भक्तपुर अस्पतालले सेवा करारमा २४ जना कर्मचारी मागेको छ ।
अस्पतालले पाँचौ तहको पलम्बरदेखि ९ औं तहको जनरल फिजिसियनसमेत करार सेवामा राख्न खोजेको हो ।
अस्पतालको सूचनाअनुसार नवौं तहमा जनरल फिजिसियन १ जना, चेष्ट फिजिसियन १ जना, एनेस्थेसियोलोजिष्ट २ जना, प्योथोलोजिष्ट १ जना करार सेवामा भर्ना लिन खोजेको छ । भक्तपुर अस्पतालले माइक्रोबायोलोजिष्ट सातौं तहमा १ जना र आईटी अफिसर छैठौं तहमा १ जना करार सेवामा लिने भएको छ ।
त्यस्तै अस्पतालले पाँचौ तहमा स्टाफ नर्स १५ जना र अप्थाल्मोलोजी असिष्टेण्ट १ जना तथा चौथो तहमा पलम्बर १ जना करार सेवामा लिन खोजेको हो ।
क्याटेगोरी : विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस