स्विजरल्याण्डले दिएको ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो
काठमाडौं । स्विजरल्याण्ड सरकार र को भ्याक्स सहयोग गरी ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट टेकु लगेर उक्त खोप राखिएको हो । कतार एयरको जहाजमार्फत उक्त खोप आएको हो ।
कोभ्याक्स कार्यक्रम र सहयोग गरी ४ लाख ९२ हजार डोज खोप आएको खोप व्यवस्थापनको जिम्मेवारी पाएका बोडे बाबु थापाले बताए ।
विमानस्थलबाट टेकुसम्म खोप लगेर व्यवस्थापन गर्नका लागि थापा, ओमप्रसाद उपाध्ययसाहितका खोपका कर्मचारी मध्यरातमा पनि खटिएका छन् । खोप व्यवस्थापनमा खटिएका उपाध्यायले स्विजरल्याण्ड सरकार र कोभ्याक्स सुविधा गरी दुई निकायको सहयोगमा उक्त खोप आएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस