सेवामा भन्दा टिकटकमा रमाउँदै सरकारी स्वास्थ्यकर्मी
काठमाडौं । राष्ट्रको सेवा गर्न भनेर सरकारी सेवामा जागिर खाएका स्वास्थ्यकर्मीहरू टिकटकमा रमाईलो गर्दै दिन बिताउन थालेका छन् ।
सरकारले कार्यालय समयमा लगाउन भनेर किनिदिएको पोशाक लगाएर कार्यालय समयमा राष्ट्र र जनताको सेवामा भन्दापनि स्वास्थ्यकर्मीहरु टिकटकमा झुमिन थालेका छन् ।
दुर्गमका स्वास्थ्य संस्थादेखि संघका कार्यालयहरुमासमेत कुनै कुराको परबाह नगरी स्वास्थ्यकर्मीहरू टिकटकमा भुलिरहेको देख्न सकिन्छ ।
प्रदेश एककको इलाम, धनकुटा, धादिङ, पश्चिचमको बाग्लुङ, रुकुम रोल्पा, सुदूरपश्चिम हुँदै स्वास्थ्य सेवा विभागकासम्मका स्वास्थ्यकर्मीहरु टिकटकमा मस्त देखिन्छन् ।
पछिल्लाे समय स्वास्थ्यकर्मी सेवामा भन्दा टिकटकमा बढी भेटिने गरेका छन् ।
टिकटकको लतले सरकारी कार्यालयमा बसेर सेवा दिनुपर्ने जिम्मेवारी बोकेका स्वास्थ्यकर्मीहरूको ध्यान काममा भन्दा बढि नाँच्नमा केन्द्रीत छ । बरु लाइक र फलाेअर कति पुगे चासाे त्यसमा छ ।
स्वास्थ्यकर्मीहरू कार्यालयको कुर्सीमा बसेर त्याे पनि कार्यालय समयमा आइटम डान्स देखाउन उचित हुन्छ हुदैन सार्वजनिक बहसकाे विषय हाे ।
स्वास्थ्य लाइभले स्वास्थ्यकर्मीको टिकटक अवलोकन गर्दा पछिल्लो समयमा सरकारी कार्यालय हो कि टिकटक स्पट हो छुट्याउनै मुस्किल परेको छ ।
कार्यालय समय, कार्यालयभित्र र सरकारी पोशाकमा टिकटक बनाउनेलाई सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिकामार्फत कस्न नसके सरकारी कार्यालय टिकटक स्पट बन्ने निश्चित छ ।
स्वास्थ्य जस्तो संवेदनशिल सेवामा खटिएका स्वास्थ्यकर्मी नै टिकटकमा भुल्दा सेवाग्राही र बिरामीहरू मर्कामा पर्न सक्छन् ।
राज्यले तत्काल यसलाई व्यवस्थित गर्न नसके सेवाग्राहीले दुःख पाउने अवस्था आउँछ ।
क्याटेगोरी : जीवनशैली, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस