एक बर्षमा कति जन्मिए तिम्ल्याहा र जुम्ल्याहा शिशु


काठमाडौं ।  नेपालमा वार्षिक ६ लाख बढी महिला गर्भवती हुने गर्छन । बि.स २०७७ सालमा मात्रै ६ लाख ८३ हजार ४ सय ९ जना महिला गर्भवती भएको सरकारी तथ्यांकले देखाएको छ । तर, ४ लाख २४ हजार ४४९ जनाले मात्रै प्रसूती सेवा लिएको देखिन्छ । बाँकी २ लाख ५८ हजार ९६० जना गर्भवती भएको जनाकारी भएपनि प्रसुती भएको तथ्यांक छैन ।

प्रसुती भएका मध्ये ६४ जनाले तिम्ल्याहा र २५ सय ८० जनाले जुम्ल्याहा शिशुलाई जीवित जन्म दिएका छन् । स्वास्थ्य सेवा विभागका तथ्यांक अधिकृत पुष्कर विजुक्षेका अनुसार गत वर्ष ७६ जना तिम्ल्याहा र ३४ सय ८४ जना जुम्ल्याहा बच्चा जन्मिएका छन् ।

उनका अनुसार २५ सय ८० जना आमाले ३ हजार ४ सय ८४ जना जुम्ल्याहा शिशुलाई जीवित जन्म दिएका छन् । त्यस्तै ६४ जना आमाले ७६ जना तिम्ल्याहा शिशुलाई जीवित जन्म दिएका छन् । जुम्ल्याहा जीवित जन्ममा १८ सय ६३ महिला र १६ सय २१ पुरुष रहेका छन् भने, तिम्ल्याहा जन्ममा ३३ महिला र ४३ पुरुष रहेका छन् । एकल बच्चा जन्माउने आगामहरु ४ लाख १ हजार ७ सय ७८ जना रहेका छन् । उनिहरुले १ लाख ९३ हजार ३८१ जना महिला र २ लाख १७ हजार ५५ पुरुषलाई जीवित जन्म दिएका छन् ।

तथ्यांक अधिकृत विजुक्षेका अनुसार नवजात शिशुको सामान्य तौल २ दशमलब ५ केजी वा सो भन्दा माथि हुनुपर्छ । सामान्य अवस्थाका शिशु ३ लाख ४८ हजार ३ सय ९१ जना जन्मिएका छन् । १ सय ५० ग्राम देखी २ सय ५० ग्राम कम तौल भएका शिशुको संख्या ४४ हजार २ सय ५ रहेको छ । त्यसैगरी धेरै कम अर्थात १ सय ५० ग्राम भन्दा मुनिका ८ हजार ९ सय १४ जना रहेका छन् । कम तौल भएका शिशु धेरै अपाङ्ग जन्मिएको सरकारी तथ्यांकले देखाएको छ । आमालाई पोषण कम भएकाले बच्चाहरु कम तौल भएका जन्मिएका हुन् बिजुक्षेले भने । यसमा सरकारी ध्यान पुग्न जरुरी देखिएको छ ।

तथ्यांक अनुसार सामान्य अवस्थामा जन्म हुदा १५४ जना बिकलांग थिए । कम तौल भएको शिशुमा ५३ र धेरै कम तौल भएको शिशुमा ७५८ जना बिकलांग जन्मिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ