केएमसीले विद्यार्थीसँग २० लाख अतिरिक्त शुल्क असुलेको खुलासा


काठमाडौं ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले विद्यार्थीसँग २० लाख अतिरिक्त शुल्क असुलेर ठगी गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

 

चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र काठमाडौं उपत्यकाबाहिर ४४ लाख ३६ हजर २५ रुपैँया निर्धारण गरेको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा केएमसीले विद्यार्थीलाई ६० लाख भन्दा बढी तिनुपर्ने गरी करारनामा गराएको फेला परेको छ ।

आयोगले बीडीएसमा २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क तोकेकोमा केएमसीले विद्यार्थीसँग ३० लाख असुलेको पाइएको हो ।

केएमसीले गराएको करारनामा नै आयोगले गरेको निर्णयको बर्खिलापमा देखिन्छ ।

केएमसीले आयोगको निर्णयविपरीत विभिन्न सर्त राखेर विद्यार्थी तथा अभिभावकलाई जवर्जस्ती कागज गराएको पाइएको छ ।

यता ठगिएका विद्यार्थीहरुले केएमसीविरुद्ध विभिन्न ठाउँमा उजुरी गरेका छन् । चिकित्सा शिक्षा आयोगदेखि जिल्ला प्रशासन कार्यालयसम्म ठगीमा संलग्न उक्त मेडिकल कलेजविरुद्घ उजुरी लिएर पीडित विद्यार्थीहरू पुगेका छन् ।

कलेजको ठगीविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरू तयार रहेको पीडित विद्यार्थीको भनाइ छ । हिजो मात्र पीडित विद्यार्थीहरूले केएमसीमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

 

यस्ता छन् ठगिएका विद्यार्थीको माग

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ