विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्न ‘अयोग्य’


काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलसँग जोडिएका उद्योगपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्न ‘अयोग्य’ रहेको फेला परेको छ ।

नेपाली कांग्रेसको विधान र निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारीको लागि १० वर्ष निरन्तर  नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्ने उल्लेख छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका चौधरी २०६९ जेठ १५ गतेसम्म नेकपा एमालेका सभासद रहेका थिए ।  उनले ७८ मंसिर २४ गते नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार दिएको मितिले हेर्दा चौधरीको १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको देखिँदैन । त्यसैले चौधरी कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्न ‘अयोग्य’ रहेको भन्दै कांग्रेसका नेताहरुले प्रश्न उठाउन थालेका छन् ।

 

महाधिवेशन प्रयोजनका लागि केन्द्रीय कार्यसमितिको मिति २०७७  फागुन ६ र २०७८ साउन ३० गते भएको वाधा अड्काउ फुकाउको निर्णयमा पनि त्यो व्यवस्था निलम्बन गरिएको छैन ।

नेपाली कांग्रेसको विधान र निर्वाचन निर्देशिकालाई आधार मान्दा चौधरी कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्न ‘अयोग्य’ रहेको खुल्न आएको छ । चौधरीको उम्मेदवारीको योग्यतासम्बन्धी कुरा कांग्रेसभित्र बहसको विषय बन्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ